Friday , September 22 2017

‘अजम्बरी माया’ लाउँदै आशिरमान र आना

भाद्र २ गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको आशिरमान देशराज श्रेष्ठ र आना शर्मा अभिनित फिल्म ‘ग्याङस्टार ब्लूज’ को रोमान्टिक गीत रिलिज भएको छ । गीतमा आशिरमान र आनाले अजम्बरी माया गर्ने वाचा गरेका छन् । गीतमा कालिप्रसाद बास्कोटा र मेलिना राइको आवाज रहेको छ भने कालिप्रसादकै संगीत, कालिप्रसाद र सविन एकतारेको शब्द छ ।

फिल्म ‘होस्टेल’बाट निर्देशनमा डेब्यू गरेका हेमराज बीसीले निर्देशन गरेको ‘ग्याङस्टार ब्लूज’मा आशिरमानलाई एंग्री योङम्यानको लुक्स प्रस्तुत गरिएको छ ।यो फिल्ममा आना शर्मा, आशिरमान देशराज, संयम पुरी, प्रमोद अग्रहरि, रोजिशा शाही ठकुरी लगायतको अभिनय छ । मनिष पण्डित कार्यकारी निर्माता रहेका फिल्ममा सरोज न्यौपाने र हेमराज बीसी पनि निर्माताको रुपमा रहेका छन् ।यस फिल्मबाट डेब्यु गरेका अभिनेता आशिरमानलाई फिल्म क्षेत्रका लागि राम्रो सम्भावना बोकेका अभिनेताका रूपमा लिइएको छ ।

भिडियो सहित :-

Check Also

“मेरो फाटेको जामा”- शकुन लिम्बू

काम को सिलसिलामा दक्षिण कोरिया पुगेकि शकुन लिम्बू गित सङित लाई मात्र नभएर साहित्य छेत्र …