Sunday , August 20 2017

अटुट मित्रता – परिमिता राणा,आयुष्मान देशराज जोशी

चलचित्र ‘चपली हाइट–टु’ की अभिनेत्री परिमिता राणाले आफ्नो इन्स्टाग्राममा सोही चलचित्रका अभिनेता आयुष्मान देशराज जोशीसँगको सम्बन्धलाई कहिले नटुंगिने मित्रता बताएकी छिन् । परिमिताले उनीहरूबीच पहिले जे थियो, त्यसलाई असीमित र असंख्य थियो मात्र भनेकी छैनन्, मित्रता अटुट हुने कुरासमेत गरेकी छिन् । प्रियंका कार्कीलाई दिदी सम्बोधन गर्दै परिमिताले आयुष्मान र आफ्नो बारेमा सार्वजनिक रूपमा बोल्ने यो उपयुक्त बेला भएको बताउँदै पर्याप्त आधारबिना आफ्नो र आयुष्मानका बारेमा हल्ला चलेको दावी गरेकी छिन् । ‘मैले गरेको पोस्टमा हामीले साटेका सीमाहीन अनगिन्ती कुरा थिए, तर हाम्रो मित्रताको अन्त्य हुनेछैन । जो–जसले मलाई माया गरे, म सबैको प्रशंसा गर्छु ।जब मैले घृणा गरिएका कमेन्टहरू देखें, अनि केही त बोल्नैपर्ने भयो जस्तो लाग्यो । प्रियंका दिदी र आयुष्मानप्रति यस्तो कमेन्ट गरिएको म कहिल्यै हेर्न चाहन्नँ’, परिमिताले अगाडि भनेकी छिन्—‘आयुष्मान र मैले सधैंका लागि बलियो सम्बन्ध गाँस्ने प्रण गरेका थियौं, तर समयले हाम्रो सम्बन्ध परिवर्तन गर्‍यो । आज ऊ मेरो एउटा साथी हो भनेर नकार्न सक्दिनँ ।’ उनको पोष्टमा सबैभन्दा पहिलो कमेन्ट प्रियंका कार्कीले नै गरेकी छिन् । उनले परिमिताको उज्ज्वल भविष्यको कामना गर्दै उनलाई आवश्यक परेका बेला हरदम सहयोग गर्न तत्पर हुने बताएकी छिन् ।

 

Check Also

पलेँटीमा संगीतकार आभास र मीना

नेपालयको आर शालामा अंग्रेजी महिनाको अन्तिम शुक्रवार आयोजना हुने गरेको साङ्गीतिक कार्यक्रम पलेंटी श्रृंखलामा यसपटक …