Sunday , October 22 2017

अडिसनमा मोडल हन्ट नेपाल २०१७

पछिल्लो समयमा फेसन र मोडलिङ क्षेत्रमा नेपाली युवा पुस्ताको आकर्षण बढ्दै गएको पाइन्छ । गत साता मात्रै पनि राजधानीको त्रिपुरेश्वरस्थित डिइसीसीमा एक सय पचासको हाराहारीमा युवा युवतीहरुको लर्को देखियो । शैक्षिक पृष्ठभूमि, लक्ष र रुचिमा फरक भए पनि उनीहरुमा एउटै समानता थियो । त्यो हो मोडलिङ क्षेत्रमा आफूलाई उपस्थित गराउने । मोडल भएर आफ्नो परिचयको दायरा बढाउने चाहना सबैमा समान पाइयो । प्रसंग हो ‘मोडल हन्ट नेपाल २०१७’ को अडिसन चरणको ।मोडलिङ क्षेत्रमा भविष्य खोज्ने युवा युवतीमा लक्षित यो मोडलिङ प्रतिस्पर्धाले व्यावसायिक मोडल उत्पादन गरेर घरेलु तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली मोडलिङको व्यावसायिक दायरा फराकिले पार्ने उद्देश्य बोकेको छ ।

रंगीन दुनियाँको चाहाना सहित उपस्थित युवायुवतीको अडिसन राउन्डमा प्रारम्भिक मुल्यांकन गरिएको थियो । मुल्यांकन मोडल बन्न चाहनेहरुको आत्मविश्वास, व्यक्तित्व, शारारिक आकर्षण र मोडल बन्न सक्ने संभावनाका आधारमा गरिएको थियो ।मुल्यांकन गर्नेहरुमा थिए कोरियोग्राफरद्वय प्रशान्त ताम्राकार र रोजिन शाक्य, फोटोग्राफर राज भाई सुवाल, मोडल सृजना रेग्मी, गायिका स्मृति पोखरेल तथा मोडल हन्ट नेपाल २०१६ का विजेता विवेक खड्का । नेक्स्ट मोडल्स नेपालको आयोजनामा सम्पन्न हुने यो प्रतियोगिताका विजेताले नगद पुरस्कारका साथै घरेलु मोडलिङ परिवेश संगै अन्तर्राष्ट्रिय मंचमा आफ्नो उपस्थिति जनाउन पाउने अवसर प्राप्त गर्नेछन् । प्रतियोगिताका लागि दोस्रो चरणको अडिसन पश्चात् छनौट भएकाहरुको प्रशिक्षण र ग्रुमिङ आरम्भ गरिने आयोजकले जनाएको छ ।

 

Check Also

जय किशनको ‘धुम–२’ युट्युवमा (फिल्मसहित)

ट्रन्डी फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्र ‘धुम–२’ युट्युवमा सार्वजनिक गरिएको छ । चलचित्रलाई साईराम पिक्चस् …