Tuesday , November 21 2017

अनमोलकी प्रेमिका बन्न चाहने सपना

चलचित्र ‘उहिले बाजेको पालामा’मा काम गरेकी ‘मिस मंगोल २०१२’की विजेता सपना रोका चलचित्र क्षेत्रमै जम्न चाहन्छिन् । यो चलचित्रमा गाउँले यूवतीको भूमिकामा देखिएकी यी सुन्दरी अब भने बोल्ड भूमिका गर्न चाहन्छिन् ।कुराकानी गर्ने क्रममा उनले आफ्नो समाजसेवाको चाहना पनि सुनाइन् । सपना अहिले समाजसेवामा पनि व्यस्त छिन् ।

समाजसेवा र चलचित्र कर्मलाई एकसाथ अगाडि बढाउन चाहने सपनाले नायक अनमोल केसीसँग पर्दामा रोमान्स गर्न मन लागेको सुनाइन् । भनिन्-‘जसलाई पनि हिट कलाकारसँग नै काम गर्न मनलाग्छ नि ।’सपना चलचित्रमा आफूलाई बोल्ड भूमिका गर्न मन लागेको सुनाउँछिन् । उनले भूमिका र पहिरन दुबैमा बोल्ड हुन आफूलाई आपत्ती नहुने सुनाइन् ।


चलचित्र ‘डू यू लभ मी’मा काम गरेकी यी सुन्दरीलाई सानैबाट यो क्षेत्रमा काम गर्न मन लागेको थियो ।

Check Also

मिसेस नेपाल टुरिजम २०१७ हुने

स्टार वन इन्टरटेनमेन्ट प्रालिले विवाहित महिलाहरुलाई लक्षित गरेर मिसेस नेपाल टुरिजम २०१७ आयोजना गर्ने भएको …