Wednesday , November 22 2017

अनमोलको फिल्म ‘कृ’ की अभिनेत्री अदिती बलिउडमा

थोरै नेपाली कलाकार मात्र बलिउडमा जम्न सकेका छन्। यद्यपी बलिउडमा आफुलाई स्थापित गर्न धेरै नेपाली कलाकार संर्घषरत छन्।कात्तिक २ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कृ’ की अभिनेत्री अदिती बुढाथोकीले भारतीय गीतमा खेलेको एक म्युजिक भिडियो सार्वजनिक भएको छ।अभिनेता अनमोल केसीसँग फिल्म ‘कृ’ बाट नेपाली फिल्ममा डेब्यू गरेकी अदिती केही वर्षदेखि भारतमा बसेर म्युजिक भिडियोमा काम गर्दै आएकी छन्।

उनले अघिल्लो वर्ष सोनी म्युजिक कम्पनीबाट बन्न लागेको ३ वटा म्युजिक भिडियोमा काम गर्ने सम्झौता गरेकी थिइन्।सार्वजनिक गीतको बोल पन्जाबी भाषाको ‘गल गोरिए’ रहेको छ। जसमा गायक मनिन्दर बुट्टुरको स्वर रहेको छ भने अरविन्द्र खेरले म्युजिक भिडियो निर्देशन गरेका हुन्। जी म्युजिक कम्पनी र अंकित खन्ना प्रोजेक्टले यो भिडियो संयुक्त रुपमा निर्माण गरेको हो।

Check Also

लगातार फ्लप – छुल्ठिम गुरुङ

नोभेम्बर रेनमा सहायक भूमिकामा सीमित थिइन्, छुल्ठिम गुरुङ । तर, निकै प्रशंसा कमाइन् । फिल्म …