Thursday , August 17 2017

अभिनेत्री सुम्मिता केसीलाई बहिष्कार गर्ने चलचित्र पत्रकारको चेतावनी

चलचित्र निर्मात्री तथा अभिनेत्री सुस्मिता केसी (बम्जन)लाई चलचित्र पत्रकारहरुले बहिष्कार गर्ने चेतावनी दिएका छन् । चलचित्र पत्रकार संघका कार्यकारी सदस्य उत्सव रसाइलीलाई अभिनेत्री केसीले सामाजिक सञ्जाल फेसबुकबाट गाली बेइज्जती गरेको भन्दै संघले अभिनेत्री केसीसँग तीन दिनभित्र स्पष्टीकरण दिन माग गरेको छ ।

संघका सचिव वैकुण्ठराज पराजुलीले मंगलबार विज्ञप्ति जारी गरी तीन दिनभित्र स्पष्टिकरण नदिए केसीका समाचार बहिष्कार गर्ने चेतावनी दिएका छन् ।अभिनेत्री केसीले यसअघि पनि संघका साधारण सदस्य स्वस्तिका चिलुवाललाई भौतिक आक्रमणको धम्की दिएको संघले जनाएको छ ।

Check Also

बन्ने भो ‘पन्चेबाजा’

न्यु भेनस फिल्मको प्रस्तुतिमा बन्न लागेको चलचित्र ‘पन्चेबाजा’ को बिहिवार कमलादी स्थित गणेश मन्दिरमा नरिवल …