Tuesday , August 22 2017

अशिष्मा अब ‘जस्मिन’, आर्यनसँग गर्नेछिन् रोमान्स

नायिका अशिष्मा नकर्मी अभिनित फिल्म ‘राधे’ यस वर्षको बैशाख १ गते रिलिज भएको थियो । ‘राधे’ले व्यवसायिक सफलता हात नपारेपनि अशिष्माको भूमिकालाई दर्शकहरुले निकै रुचाएका थिए । अब उनी अभिनित अर्को फिल्म ‘संरक्षण’ साउन २७ गतेबाट अल नेपाल प्रदर्शनमा आउँदैछ ।केही समय सुस्ताएको देखिएपनि अशिष्माको व्यस्तता अब भने विस्तारै बढ्दै गएको छ । ‘संरक्षण’ रिलिज अगाडी नै नायिका अशिष्माको हातमा अर्को फिल्म परेको छ ।

फिल्मको नाम हो ‘जस्मिन’ ।म्यूजिक लभस्टोरी बताइएको यो फिल्मबाट नायिका आशिष्मा निकै आशावादी छिन् । उनी भन्छिन्, ‘जस्मिनले मेरो अभिनयको करिअरमा केही राम्रो गर्छ भन्ने लागेको छ । फिल्मको कथावस्तु उत्कृष्ट छ । मैले को-स्टार पनि निकै राम्रो पाएको छु । म ढुक्क छु ‘जस्मिन’ राम्रो फिल्म बन्नेछ ।’ फिल्मलाई ‘रोमियो’ निर्देशक शंकर कार्कीले निर्देशन गर्नेछन् ।

असार अन्तिम साताबाट फ्लोरमा जाने तयारी भैरहेको यो फिल्ममा अशिष्मा नकर्मी र आर्यन अधिकारीको मुख्य भूमिका रहनेछ । नायक आर्यनले गएको वर्ष रिलिज भएको फिल्म ‘के म तिम्रो होइन र’ बाट नेपाली रजतपटमा पाइला राखेका थिए । योसँगै उनले ‘करोडपति’ र ‘बटरफ्लाई’को छायांकन सकिसकेका छन् । आर्यन नेपाली फिल्मका आशलाग्दा नेपाली कलाकार हुन् ।

Check Also

हसनको यादमा निशाको रुवाबासी

नायिका निशा अधिकारी र नायक हसनराजा खानको मुख्य भुमिका रहेको चलचित्र ‘रोमियो’को लिरिकल गीत सार्वजनिक …