Tuesday , August 22 2017

असार ३० मा रिलिज हुँदै ‘सायद २’-आक्रामक प्रचार सुरु

फिल्म मेकर सुनिल रावलद्वारा निर्माण गरिएको फिल्म ‘सायद २’ ले एकाएक चर्चा पाउन थालेको छ । ‘सादय २’ को ट्रेलर सार्वजनिक भएसँगै फिल्मको चर्चा सुरु भएको हो ।असार ३० गते रिलिज डेट रहेको ‘सायद २’ ले दोस्रो ट्रेलर पनि सार्वजनिक गरिसकेको छ । सामाजिक संजालमा फरक शैलीमा निर्माण पक्षले प्रचार प्रसार थालेको छ ।

‘सायद २’ को निर्माण टिम प्रचारका लागि विभिन्न स्थानमा निस्किएको छ । सायद, होस्टेल, होस्टेल रिटर्न जस्ता सफल फिल्म निर्माण गरेका सुनिल रावलले यो फिल्मलाई दुर्गिश ब्यानरले निर्माण गरेको हो ।फिल्म मेकर सुनिल रावललाई ‘सायद २’ निर्माणमा ईश्वर श्रेष्ठ र सुभाष लामिछानेले सघाएका छन् ।युवापुस्ताको कथालाई प्रस्तुत गरिएको ‘सायद २’ को मुख्य भूमिकामा सुशील श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, निशा कार्की, बुद्दि लाल मगर लगायतलार्इ देख्न सकिन्छ ।

Check Also

हसनको यादमा निशाको रुवाबासी

नायिका निशा अधिकारी र नायक हसनराजा खानको मुख्य भुमिका रहेको चलचित्र ‘रोमियो’को लिरिकल गीत सार्वजनिक …