Sunday , August 20 2017

अहिले नै विवाहको योजना छैन – नम्रता श्रेष्ठ

अभिनेत्री नम्रता श्रेष्ठ जहाँ जान्छिन् । त्यहाँ अचेल उनलाई विवाहको प्रश्न तेर्सिने गर्दछ । बिहिबार चलचित्र ‘पर्व’को एक कार्यक्रममा पनि उनी माथि यस्तै प्रश्न तेर्सिए ।तर अभिनेत्री श्रेष्ठले भने विवाहको अहिले कुनै योजना नरहेको बताएकी छन् । अभिनेत्री श्रेष्ठले बिबाह गर्ने योजना बनेपछि सबैलाई जानकारी गराउने समेत बताइन् ।

‘पर्व’ अर्काे शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र हो ।चलचित्रको ‘काले दाई’ बोलको गीतले युटुबमा १ करोड भन्दा बढी दर्शक पाएको छ । गीतमा आइट गरेकी अभिनेत्री माला लिम्बु यसैका कारणले चर्चामा छिन् ।चलचित्रमा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्कीलगायतको अभिनय रहेको छ ।टिभी फिल्मी र सुवास इन्टरटेन्मेन्टले मिलेर बनाएको चलचित्रका निर्माता निकिता पौडेल र सुवास गिरी हुन् । चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् ।

Check Also

पलेँटीमा संगीतकार आभास र मीना

नेपालयको आर शालामा अंग्रेजी महिनाको अन्तिम शुक्रवार आयोजना हुने गरेको साङ्गीतिक कार्यक्रम पलेंटी श्रृंखलामा यसपटक …