Sunday , August 20 2017

आनाको अग्निपरीक्षा

जेरी रिलिजपश्चात् हिरोइन आना शर्माको चर्चा एकाएक चुलियो । सुन्दर मुहार र जीवन्त अभिनयले सहरिया युवापुस्तामाझ प्रिय बनिन् उनी तर तीन वर्ष बित्यो, आनाको एउटै फिल्म प्रदर्शन भएको छैन । जबकि, जेरीमा उनीसँग स्क्रिन सेयर गरेका अनमोल अभिनीत ड्रिम्स र गाजलुले बक्स अफिसमा कमाल गरे । ड्रिम्सबाटै करिअर थालनी गरेकी साम्राज्ञीराज्यलक्ष्मी शाहले तीन फिल्म खेल्न भ्याइसकिन् । आना भने रित्तो हात ।

 

यसरी पहिलो फिल्मबाटै पलायन भएको आभास गरिएकी यी हिरोइनको दोस्रो फिल्म बल्ल रिलिजका लागि तयार भएको छ, ग्याङस्टार ब्लुज । यसको टिजर एक हप्तासम्म यूट्युबको नेपाल ट्रेन्ड्रिङमा एक नम्बरमा बस्यो । यसले आनाको क्रेज अझ बाँकी छ भन्ने संकेत गरेको हो त ? फिल्म २ भदौमा रिलिज हुँदै छ ।

Check Also

पलेँटीमा संगीतकार आभास र मीना

नेपालयको आर शालामा अंग्रेजी महिनाको अन्तिम शुक्रवार आयोजना हुने गरेको साङ्गीतिक कार्यक्रम पलेंटी श्रृंखलामा यसपटक …