Thursday , January 18 2018

आयो कोमली ओलीको नयाँ तीज गीत

नेपाली गीत संगीत कि लोकप्रिय गायिका कोमल ओली को नयाँ तीज को गीत सार्वजनिक भएको छ । रोचक कुरा त गायिका कोमल ओली ले यसपटक आफ्नी बहिनी प्रज्ञा वली शरदलाई पनि सँगै नचाएकी छिन्,सार्वजनिक गीत कोमल र प्रज्ञाले मिलेर गाएका हुन भने एक नारायण भण्डारीले शब्द लेखेका हुन् । कोमल  र प्रज्ञा  दिदी–बहिनीले तीस वर्षपछि सँगै गीत गाएका हुन ,२०४४ सालमा यी दुईले संयुक्त रुपमा रेडियो नेपालमा बालगीत रेकर्ड गराएका थिए।

यस भिडियोको निर्देशन नायिका पवित्रा आचार्यले गरेकी हुन् भने बिष्णु शर्माले सम्पादन गरेका हुन् । भिडियोमा कोमल र प्रज्ञाको साथमा सुनिल कटवाल र शरदले अभिनय गरेका छन् ।

Watch the Video:

Check Also

अभिनेत्री रेखा थापाकाे आइटम डान्स

धेरै वर्षको अन्तरालमा अभिनेत्री रेखा थापाले आइटम डान्स गरेकी छिन् । उनले आइटम डान्स गरेको …