Tuesday , November 21 2017

‘आयो रे आयो…’बोलको गीतमा प्रियंका कार्कीको दमदार अभिनय

पछिल्लो समय प्रेमका कारणले चर्चामा रहेकी अभिनेत्री प्रियंका कार्की अभिनयका कारणले पनि चर्चामा छाउने गरेकी छन् ।उनको फरक फरक अभिनय रहेको म्युजिक अहिले सार्वजनिक भइरहेका छन् । यस्तैमा प्रियंका अभिनित अर्को   ‘आयो रे आयो..’बोलको गीत माथी बनेको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा अभिनेत्री प्रियंका कार्की र मोडल ज्योत्सना योगीले निकै नै तारिफ योग्य अभिनय  गरेका छन् । भिडियोमा प्रियंका  र मोडल ज्योत्सना योगीका अलावा गोर्खाली ठिटोजको पनि आर्कषक अभिनय देख्न सकिन्छ ।निकेश खड्काको निर्देशन रहेको भिडियोमा छायांकन बुद्ध थापा र रुपेश थापाको रहेको छ । जुन भिडियोले रिलिज भएदेखि नै राम्रो चर्चा पाईरहेको छ ।

Check Also

मिसेस नेपाल टुरिजम २०१७ हुने

स्टार वन इन्टरटेनमेन्ट प्रालिले विवाहित महिलाहरुलाई लक्षित गरेर मिसेस नेपाल टुरिजम २०१७ आयोजना गर्ने भएको …