Tuesday , November 21 2017

इनासमा मह जोडीलाई लाइफटाईम एचिभमेन्ट अवार्ड

‘पाँचौ इनास अवार्ड २०७४’ काठमाडौँमा आयोजना गरिने भएको छ । बिभिन्न देशमा आयोजना हुँदै आएको यो अवार्ड यस बर्ष राजधानी काठमाडौमा हुन लागेको हो ।अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास)ले एक बिज्ञाप्ती मार्फत २७ असोज (अर्थात १३ अक्टुबर) मा अवार्ड आयोजना हुने जानकारी दिएको छ ।

अवार्डमा हाँस्य कलाकार मह अर्थात मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई ‘लाइफटाईम एचिभमेन्ट अवार्ड’ प्रदान गरिने छ ।अवार्डमा संस्कृतिविद सत्यमोहन जोशी, राष्ट्रकवि माधवप्रसाद घिमिरे, चलचित्रकर्मी चेतन कार्की, गायक प्रेमध्वज प्रधान, नृत्यांगना विमला श्रेष्ठलाई ‘इनास विशिष्ट सम्मान’प्रदान गर्ने भएको छ । जीवन नै संस्कृति र कला–साहित्यमा ब्यतित गरेको योगदानको कदर गर्दै यो सम्मान दिन लागेको हो ।

Check Also

मिसेस नेपाल टुरिजम २०१७ हुने

स्टार वन इन्टरटेनमेन्ट प्रालिले विवाहित महिलाहरुलाई लक्षित गरेर मिसेस नेपाल टुरिजम २०१७ आयोजना गर्ने भएको …