Sunday , October 22 2017

‘इन्टु मिन्टु लण्डनमा’ बोल्ड साम्राज्ञी

‘ड्रिम्स्’ अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ पनि देखिने भएकी छन् । कोरियोग्राफर रेनेशा वान्तवा राईको निर्देशनमा बन्ने यो चलचित्रमा उनी अभिनेत्रीको रुपमा देखिन लागेकी हुन् । चलचित्रमा उनी बोल्ड अवतारमा देखिने बताइएको छ ।केही दिन पहिले राजधानीमा घोषाण गरिएको चलचित्रमा शाहको अपोजित भुमिकामा धिरज मगर देखिदैछन् । अनमोल केसीको ‘ड्रिम्स्’ मार्फत अभिनय डेब्यु गरेकी शाहका यसपछि कुनै चलचित्र बाहिर आएका छैनन् । तर पनि उनी अहिलेकी डिमान्डकी हिरोइन हुन् ।

अभिनयको हिसावले भन्ने हो भने उनले ‘ए मेरो हजुर २’ ,‘तिमीसँग’, ‘मंगलम्’ गरेकी छन् । यी सबै चलचित्र प्रदर्शनमा आउन बाँकी छन् ।
‘इन्टु मिन्टु लण्डनमा’, ‘मेरो एउटा साथी छ’, ‘मेरो लभ स्टोरी’ जस्ता हिट चलचित्र बनाएको आइकोर फिल्मस्ले निर्माण गर्न लागेको हो ।काठमाडौबाट १६ देखि छायाँकन सुरु हुने चलचित्रमा साम्राज्ञी र धिरजको साथमा विवेक लिम्बु, सरुक ताम्राकार, सुनिसा बजगाँईको मुख्य भूमिका रहनेछ ।प्रभु शमशेर जवरा, प्रज्जवल शमशेर जबरा निर्माता रहने चलचित्रको सुलेखा राई, बसन्त तामाङ र सुस्मिता जिरेल सह निर्माता रहनेछन् ।

Check Also

जय किशनको ‘धुम–२’ युट्युवमा (फिल्मसहित)

ट्रन्डी फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्र ‘धुम–२’ युट्युवमा सार्वजनिक गरिएको छ । चलचित्रलाई साईराम पिक्चस् …