Tuesday , October 17 2017

ए गुरुङ र मेनुकाले तताउलान् त ‘हिटलर’ ?

पछिल्लो समय चलचित्र स्टारले भन्दा पनि कथाबस्तुले चलेको अवस्था छ । राम्रो कथाबस्तु भएका चलचित्रले राम्रो परिणमा दिइरहेको समयमा चलचित्र ‘हिटलर’ले पनि आफ्नो कथाबस्तु उत्कृष्ट रहेको दाबी गर्दै आएको छ ।सौरभ ढकाल निर्देशित चलचित्रमा सोहित मानन्धर र नव–नायिका सामिया बर्तौलाको मुख्य भूमिका छ । मेनुका प्रधान र ए गुरुङ पनि चलचित्र भित्र अटाएका छन् । यी दुबै चलचित्रका लागि बिकाउ कलाकार हुन् ।

अष्टनारायण पिक्चर्सको निर्माणमा तयार भएको यो चलचित्र जेठ १२ गतेबाट रिलिज हुँदैछ । कमेडी र प्रेम कथामा बनेको यो चलचित्रको ट्रेलर र गीतलाई रुचाइएको छ । ‘ए गुरुङको कमेडी पाटो र मेनुकाको सरप्राइज भुमिका दर्शकका लागि अहिलेसम्मकै नयाँ स्वाद हुने निर्देशक ढकालले बताए ।

Check Also

‘यता पनि छैन उता पनि छैन’मा निखिलले सारासँग मर्काए कम्मर

अभिनेता निखिल उप्रेतीले पहिलो पटक गीतमा कम्मर मर्काएका छन् । ‘पिंजडा व्याक अगेन’ चलचित्रको ‘यता …