Wednesday , November 22 2017

“कमलेको बिहे”को यस्तो छ गीत

चलचित्र ‘कमलेको बिहे’को फष्टलुक, ट्रेलर तथा गीत सार्वजनिक भएको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रममा सो एकसाथ सार्वजनिक गरिएको हो ।गुचपुप छायाँकन गरिएको यो चलचित्रमा अभिनेता अनुप बिक्रम फरक गेटअफमा देखिएका छन् । उनको चलचित्रमा विग्रिएको कपाल, पावरवाला चश्मा, लामो टुप्पी सहितको गेटअफ छ ।चलचित्रमा उनको जोडीको रुपमा भिजे सन्ध्या केसी देखिएकी छन् । सन्ध्याको यो डेब्यु चलचित्र हो । बनारसमा शास्त्रिय विद्या पढेर गाउँ फर्किएपछि बिहेका लागि गरेको संघर्ष चलचित्रले देखाउने प्रयास गरेको छ ।


प्रसन्न पौडेल निर्देशित चलचित्र विदुर पाण्डेले छायाँकन गरेका हुन् । चलचित्र सरिता लामाले निर्माण गरेकी हुन् भने उनलाई दीपक बिष्टले निर्माणमा सघाएका छन् ।राजनराज शिवाकोटी, शिखर सन्तोष र वावुल गिरीको संगीत रहेको चलचित्रमा समावेश गीतमा शिवाकोटीसँगै माण्डवी त्रिपाठी, युवराज चौलागाईं, समिर आचार्य र अरुणदेव यादवको स्वर छ ।सार्वजनिक गीतमा माण्डवी त्रिपाठी र राजनराज शिवाकोटीको स्वर छ शब्द संगीत पनि शिवाकोटीकै हो ।अभिनेता अनुप बिक्रमको अनुपस्थिती रहेको कार्यक्रममा निर्देशक पौडेलले नेपाली समाजमा चल्दै आएको मागी विवाह र प्रेम विवाहबीचको द्वन्द्वको कथा नै चलचित्र भएको बताए ।अभिनेत्री संध्याले चलचित्रबाट आफु अभिनयमा जम्ने बताइन् ।

Check Also

लगातार फ्लप – छुल्ठिम गुरुङ

नोभेम्बर रेनमा सहायक भूमिकामा सीमित थिइन्, छुल्ठिम गुरुङ । तर, निकै प्रशंसा कमाइन् । फिल्म …