Tuesday , November 21 2017

कसले मार्ला बाजी ? पर्दामा ‘म यस्तो गीत गाउँछु’ र ‘सायद २’

‘सायद २’ र ‘म यस्तो गीत गाउँछु’ आज शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र हो ।दुबै चलचित्र फ्राइडे रिलिजको परम्परा धान्दै एकसाथ देशभर प्रदर्शनमा आएका हुन् । ‘सायद २’ सुशील श्रेष्ठ र स्यारोन श्रेष्ठको रोमान्सले भरिएको चलचित्र हो ।सुशिल र स्यारोको अलवा निशा कार्की, रुविना श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे र सुशिल सिटौलाको समेत चलचित्रमा अभिनय देख्न सकिन्छ ।

‘सायद’को सिक्वेलको रुपमा चलचित्र निर्माण भएको हो । चलचित्रको सिक्वेलले पनि दर्शकको मन जित्ने निर्माता सनिल रावलले बताए । लभ, रोमान्स, एक्सन र कमेडी सबै चलचित्रमा रहेको छ ।

यस्तै ‘म यस्तो गीत गाउँछु’ आजबाट प्रदर्शनमा आएको छ । पल शाह र पूजा शर्माको जोडी चलचित्रमा रहेका छन् । सुदर्शन थापा निर्देशित यो चलचित्रले प्रेमको कथा भन्छ । चलचित्रको बिहिबार प्रिमियरसमेत गरिएको थियो ।

Check Also

मिसेस नेपाल टुरिजम २०१७ हुने

स्टार वन इन्टरटेनमेन्ट प्रालिले विवाहित महिलाहरुलाई लक्षित गरेर मिसेस नेपाल टुरिजम २०१७ आयोजना गर्ने भएको …