Sunday , August 20 2017

कस्तो चल्दैछ “तारेभीर”

गत शुक्रबारदेखि फिल्म ‘तारेभीर’ प्रर्दशनमा आयो। मोफसलका ३७ र राजधानीका ११ वटा हलबाट प्रदर्शन आरम्भ गरेको ‘तारेभीर’ले शुक्रबार र शनिबार कतिको व्यापार गर्‍यो त?  प्रदर्शनमा अाएको पहिलो दिन ‘तारेभीर’ले सन्तोषजनक व्यापार गरेको थियो। फिल्मको ‘अकुपेन्सी’ ६० प्रतिशत थियो भने शनिबार फिल्मको ८० प्रतिशत पुगेको निर्माता डीके देवान बताउँछन्। फिल्मले दर्शकबाट पनि राम्रै प्रतिक्रिया पाएको र त्यसबाट उत्साहित भएको उनले बताए। राजधानीसहित मोफसलबाट पनि फिल्मले राम्रो व्यापार गरिरहेको छ।

सोलो रिलिजको अवसर पाएकाले पनि फिल्मको व्यापार राम्रो भएको विश्लेषण गरिएको छ। देउकृष्ण देवानले निर्माण गरेको फिल्मलाई प्रेम सुब्बाले निर्देशन गरेका हुन्। समाजमा घटेका अपराधजन्य घटना र त्यसमा प्रहरीले खेल्ने भूमिका फिल्मको मुख्य कथावस्तु हो। फिल्मले अहिलेको पुलिस प्रशासनको अवस्थालाई पनि उजागर गरेकाे र महिला सशक्तिकरणको विषय समेटेको निर्माण पक्ष बताउँछ। नेक्स्ट जेनेरेसन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा विष्णु चेम्जोङ, नविन कार्की, रेखा फागो, रमेश सिंह, प्रेम सुब्बा, देउकृष्ण देवान, दीपेश श्रेष्ठ, अजयकुमार माझी, मञ्जु श्रेष्ठ, रञ्जित राना र निर्मल थापाको अभिनय छ।

Check Also

पलेँटीमा संगीतकार आभास र मीना

नेपालयको आर शालामा अंग्रेजी महिनाको अन्तिम शुक्रवार आयोजना हुने गरेको साङ्गीतिक कार्यक्रम पलेंटी श्रृंखलामा यसपटक …