Tuesday , October 17 2017

कात्तिक १७ मा सौगात र बेनिशाको ‘झ्यानाकुटी’

भाद्र ८ पछि भाद्र ३० तर यी दुवै मितिमा सौगात मल्ल र बेनिशा हमाल अभिनित फिल्म ‘झ्यानाकुटी’ प्रदर्शनमा नआउने भएको छ । यसअघि निर्माण पक्षले भाद्र ८ गतेलाई रिलिज फाइनल गर्दै फस्टलुक पोस्टर सार्वजनिक गरेको थियो ।शरद भेषावकरसँग विवाह गरेपछि निर्मात्री निशा अधिकारीले फिल्मको काम नसकिएको भन्दै भाद्र ८ बाट हात झिकिन् र भाद्र ३० गते सौगात र बेनिशाको ‘झ्यानाकुटी’ गर्ने सोच बनाइन् ।

तर, भाद्र ३० गतेबाट पनि हात झिक्दै नायिका अधिकारीले फिल्मको रिलिज कात्तिक १७ गतेलाई कन्फर्म गरेकी छिन् ।फिल्मीखबर डटकमका पत्रकार मनिष अन्जानसँग एक भेटको क्रममा वितरक सुनिल मानन्धरले ‘झ्यानाकुटी’ कात्तिक १७ गतेबाट प्रदर्शनमा आउने जानकारी दिए । यो फिल्मबाट नायिका निशा अधिकारीले फिल्म निर्माणमा हात हालेकी हुन् । फिल्मलाई सिमोश सुनुवारले निर्देशन गरेका हुन् ।

 

Check Also

‘यता पनि छैन उता पनि छैन’मा निखिलले सारासँग मर्काए कम्मर

अभिनेता निखिल उप्रेतीले पहिलो पटक गीतमा कम्मर मर्काएका छन् । ‘पिंजडा व्याक अगेन’ चलचित्रको ‘यता …