Tuesday , November 21 2017

किचनमा फेला परे करण र रमिला

गायिका निशा देशारको स्वर रहेको ‘मनभरि तानाबाना’ बोलको गीतको म्युजिक भिडियोमा नायक करण श्रेष्ठ ‘क्रेजी’ले अभिनय गरेका छन् ।म्युजिक भिडियोमा करण रमिला अधिकारीसँग रोमान्स गर्दै गरेको अवस्थामा छन् । करिब डेढ महिनाअघि फिल्म फेस्टिबल कार्यक्रममा सहभागी हुन अष्ट्रेलिया पुगेका करण केही म्युजिक भिडियो समेत खेल्न भ्याए ।

मनोज अधिकारीले निर्देशन गरेको भिडियो अष्ट्रेलियाका विभिन्न ठाउँमा खिचिएको छ । गीतमा गैरे सुरेशको संगीत र प्रदीप चापागाइँको शब्द रहेका छन् ।कान्तिपुर टेलिभिजनको ‘डिठ्ठा साब’को पनि करणले अष्ट्रेलियामा केही भाग सुटिङ गरिरहेका छन् । अष्ट्रेलिया निवासी नेपालीहरूले समेत श्रृङ्खलामा काम गरिरहेको करणले बताए ।‘जवाफ’बाट चलचित्र अभिनय सुरु गरेका करण नेपाली चलचित्र क्षेत्रका नायक, निर्माता र वितरक समेत हुन् ।

Check Also

मिसेस नेपाल टुरिजम २०१७ हुने

स्टार वन इन्टरटेनमेन्ट प्रालिले विवाहित महिलाहरुलाई लक्षित गरेर मिसेस नेपाल टुरिजम २०१७ आयोजना गर्ने भएको …