Thursday , August 17 2017

‘कुटुमा कुटु’लाई ५० लाख भ्यूज

अहिले नेपाली फिल्मका गीत-संगीतहरुले युट्युबमा लाखबढी भ्यूअर्स पाउनु भनेको सामान्य हो । केही फिल्मका गीतहरुले त युट्युबमा करोड बढी भ्यूज समेत पाइसकेका छन् । ‘वडा नम्बर ६’ को ‘सुर्के थैली खै’, ‘छक्का पन्जा’को ‘पूर्व पश्चिम रेल’, ‘लुट २’ को ‘ठमेल बजार’, ‘पर्व’को ‘काले दाई’देखि गायक हेमन्त रानाको स्वरमा रहेको ‘सुन साइँली’ बोलको गीतको भिडियोलाई युट्युबमा करोडभन्दा बढी पटक हेरिएको छ ।

यस्तैमा यस वर्षको हिट गीतको सूचीमा फिल्म ‘दुई रुपैयाँ’को ‘कुटुमा कुटु’ बोलकोे गीत पनि दर्ता भएको छ । लोकलयको यो गीत अहिले सांस्कृति कार्यक्रमदेखि सार्वजनिक सवारीसाधन, चिया पसल जताततै मज्जैले धन्किरहेको छ ।युट्युबमा सार्वजनिक गरिएको ३ हप्तामा यो गीतले ५० लाख बढी भ्यूज पाएको छ । गीतमा ४० हजार बढी लाइक छ भने २५ सय बढी डिसलाइक छ । युट्युबमा ३ हप्तामा ५० लाख बढी भ्यूज पाउने नेपाली फिल्मको यो पहिलो गीत हो ।

Check Also

बन्ने भो ‘पन्चेबाजा’

न्यु भेनस फिल्मको प्रस्तुतिमा बन्न लागेको चलचित्र ‘पन्चेबाजा’ को बिहिवार कमलादी स्थित गणेश मन्दिरमा नरिवल …