Friday , February 23 2018

‘कुटुमा कुटु’ले केक काट्दै मनायो खुसियाली

चलचित्र’ २ रुपैयाँ’ को चर्चित गीत ‘कुटुमा कुटु’ ले युट्युबमा १ करोड भ्युज पाएको अवसरमा केक काटेको छ ।निर्देशक निश्चल बस्नेत र उनकी श्रीमती तथा नायिका स्वस्तिमा खड्काको अभिनय रहेको नेपाली कथानक चलचित्र ‘दुई रुपैयाँ’ को गीत गत असार ३१ गते शनिबार नै युट्युबमा १ करोड भ्युज पाएको थियो । यो गीतले ४९ दिनमा नै १ करोडभन्दा बढी भ्युज पाएको हो ।

चलचित्र“ निर्माण कम्पनी जि टु वान प्रडक्सन र ब्ल्याक् हर्सले १ करोड भ्युज पुगेको खुसियालीमा सोमवार गैह्रीधाराको स्टेसन फाइभमा एक कार्यक्रम आयोजना गर्दै केक काटेको हो । मे २८ तारिकमा अपलोड गरिएको गीत जुलाई १५ सम्ममा एक करोडपटक हेरिएको हो । गीतमा निश्चल र स्वस्तिको निकै आकर्षक नृत्य रहेको छ ।गीतमा राजनराज शिवाकोटीको शब्द-संगीत छ भने राजनराज, मेलिना राई र राजन ईसानको आवाज छ । गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका छन् ।चलचित्रमा निश्चल र आशिफ सहित कलाकारहरु बुद्धि तामाङ, मेनुका प्रधान, रविन्द्र झा, राजन ईशान, प्रमोद अग्रहरी लगायतको पनि अभिनय रहेको छ । गीतमा टिपिकल नेपाली शब्दको प्रयोग गरिएको छ ।

Check Also

अमृत र संगीताको यस्तो छ ‘मग मग’

भ्यालेन्टाइन डे लाई लक्षित गर्दै गायक अमृत छेत्रीले आफ्नो स्वरमा सजिएको गीत ‘मग मग’ लिएर …