Monday , August 21 2017

के छ बर्षा र सुशीलको कारखाना भित्र ?

‘बिहे भनेको त आफ्नै गलफ्रेन्डसँग गर्नुपर्छ’ भन्ने पहिलो संवादसहित चलचित्र ‘कारखाना’को ट्रेलर सार्वजनिक गरिएको छ । असार १६ गतेलाई प्रदर्शन मिति तय गर्दै चलचित्रको ट्रेलर काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै गरिएको हो ।अमरदिप सापकोटाको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रमा सुशिल श्रेष्ठ, बर्षा सिवाकोटी, जेविका कार्की, मौसमी मल्ल लगायतका कलाकारको मुख्य भूमिका छ । कार्यक्रममा नायिका सिवाकोटीले चलचित्रको कथावस्तु आफ्नो प्रेमको वरिपरी घुमेको बताइन् ।चलचित्रको बिषयमा निर्देशक सापकोटाले भने-‘यो कथामा अहिलेसम्म नेपाली चलचित्र नै बनेको छैन ।’अनन्त घिमिरको सम्पादन, नवराज उप्रेतीको छायांकन रहेको यो चलचित्रमा सुदिप खड्का र अमर बज्रचार्यको लगानी छ । निर्माता खड्काले पनि नेपाली चलचित्रमा आजसम्म यस्तो बिषयमा चलचित्र नै नबनेको भन्दै दर्शकले फरक स्वाद पाउने बताए ।

Check Also

हसनको यादमा निशाको रुवाबासी

नायिका निशा अधिकारी र नायक हसनराजा खानको मुख्य भुमिका रहेको चलचित्र ‘रोमियो’को लिरिकल गीत सार्वजनिक …