Friday , August 18 2017

के स्वस्तिमालाई मोटरसाइकलमा घुमाउने प्रदीपको चाहना पुरा होला?

चर्चित चलचित्र ‘प्रेमगीत’ को सिक्वेल ‘प्रेमगीत २’ को चर्चा यतिबेला बजारमा चुलिएको छ। गीत संगीतको कारण निकै रुचाईएको प्रेमगीत पश्चात सोहि अनुसारको गीत संगीतको अपेक्षा दर्शकले प्रेमगीत २ मा समेत राखिरहेका छन्। आशुशेन फिल्म्सको ब्यानरमा बनेको चलचित्रमा कस्ता गीत समावेश होलान् भन्ने चासो सवैलाई रहदै आएको थियो।केहि समय अगाडी मात्रै चलचित्रको शिर्ष गीत सार्वजनिक गरिएको थियो। मिश्रित प्रतिक्रिया बटुलेको शिर्ष गीत पश्चात यतिबेला चलचित्रमा समावेश दोश्रो गीत सार्वजनिक गरिएको छ। ‘मोटरसाइकलमा’ बोलको गीतमा चलचित्रमा नायक प्रदिप खड्का र अभिनेत्री स्वस्तिमा खड्का फिचरीङमा रहेका छन्। स्कटिस संगीतको स्वादमा नेपालीपन मिश्रण गरेर क्लब सङको रुपमा गीतको भिडियो तयार पाएइको छ। एलिश कार्कीको संगीत रहेको गीतमा प्रताप दास र इन्दिरा जोशीको आवाज रहेको छ।

Check Also

पलेँटीमा संगीतकार आभास र मीना

नेपालयको आर शालामा अंग्रेजी महिनाको अन्तिम शुक्रवार आयोजना हुने गरेको साङ्गीतिक कार्यक्रम पलेंटी श्रृंखलामा यसपटक …