Tuesday , August 22 2017

के हो पल शाहको वास्तविक नाम ?

नेपाली फिल्म क्षेत्रका हटकेक हुन् नायक पल शाह । ‘नाइ नभन्नु ल ३’ बाट नेपाली फिल्ममा डेब्यु गरेका पल शाहको ‘म यस्तो गीत गाउँछु’ असाढ ३० गतेबाट देशभर प्रर्दशन हुँदैछ ।युवाहरु माझ निकै लोकप्रिय पल शाहले करिअरको सुरुवात म्युजिक भिडियोबाट गरेका थिए । तीन सय भन्दा बढि म्युजिक भिडियोमा मोडलिङ गरिसकेका पल हिजोआज चलचित्रमा निकै ब्यस्त छन् । दाङका स्थायी घर भएका पल ह्यान्सम भएकोले पनि महिलाहरु उनलाई धेरै पछ्याउँछन् । ह्यान्सम पल शाह जति ह्यान्सम छन् उनको नाम पनि उतिकै सुन्दर छ ।

तर पल शाहको खास नाम भने पल होईन् । उनको खास नाम पूर्ण विक्रम शाह हो । उनले साथीहरुको आग्रहमा नाम परिवर्तन गरेका थिए । मोर्डन समयमा पनि पूर्ण नाम हुँदा साथीहरुले ‘पूर्णे’ भनेर जिस्काउने गरेको पनि उनले बताए ।तर आफ्नो नाम नागरिकतामा पूर्ण विक्रम रहेकोले आफुलाई गर्व लाग्ने पलको भनाई छ । नेपाली कलाक्षेत्रमा नाम फेर्नेमा पल मात्र एक्ला कलाकार भने होइनन् ।

Check Also

हसनको यादमा निशाको रुवाबासी

नायिका निशा अधिकारी र नायक हसनराजा खानको मुख्य भुमिका रहेको चलचित्र ‘रोमियो’को लिरिकल गीत सार्वजनिक …