Sunday , October 22 2017

को बन्ला ‘फटाह फडिन्द्रे’ ?

चलचित्र ‘फटाह फडिन्द्रे’ निर्माण हुने भएको छ । निर्माता अरुण खड्काले आफ्नै अरुण फिल्मस् प्रोडक्सन प्रालिको ब्यानरबाट यो चलचित्र बनाउन लागेका हुन् । चलचित्र हिमाल उप्रेतीले निर्देशन गर्दैछन् । हिमालले यसै चलचित्रबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । हिमाल नेपाली चलचित्र क्षेत्रका सबैभन्दा ब्यस्त तथा राम्रो मुख्य सहायक निर्देशक हुन् ।चलचित्र क्षेत्रबाट आफुले हासिल गरेको अनुभव ‘फटाह फडिन्दे्र’मा खन्याउन लागेको हिमालले बताए । अहिले बनिरहेको भन्दा फरक तथा उत्कृष्ट चलचित्र बनाउने उनले दाबी गरे ।चलचित्र निर्माणको बिषयमा निर्देशक हिमाल र निर्माता अरुण बिच सोमबार सम्झौता भएको छ । कालिकास्थान स्थित एक रेस्टुरेन्टमा सम्झौता भएको चलचित्र छायाँकन तिहार पछि सुरु हुनेछ ।


लेखन पनि हिमालकै रहेको चलचित्र लागि अहिले कलाकार छनौट भइरहेको निर्माता अरुणले बताए । केही चलेका र केही नयाँ कलाकार लिएर आफुले चलचित्र निर्माण गर्ने अरुणले सुनाए । चलचित्रको केही प्राबिधिक फाइन भएका छन्, भने केही हुन बाँकी छ । चलचित्रमा एक्सन रोशन श्रेष्ठले दिनेछन् भने छायाँकन हरि घले लामाको रहनेछ । चलचित्र कमेडी जनरा निर्माण हुन लागेको हो ।तिम्रो लागि, पाठशाला लगायत केही चलचित्र निर्माण गरेका अरुणको यो महत्वकांक्षी प्रोजेट पनि हो । यस अगाडिको चलचित्रबाट चर्चा पाए पनि सोचेजस्तो ब्यवसाहिक लाभ लिन नसकेका अरुणले ‘फटाह फडिन्द्रे’ ब्यवसाहिक सफल चलचित्र बनाउने उदेश्यले  निर्माण गर्न लागेको बताए ।

Check Also

जय किशनको ‘धुम–२’ युट्युवमा (फिल्मसहित)

ट्रन्डी फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्र ‘धुम–२’ युट्युवमा सार्वजनिक गरिएको छ । चलचित्रलाई साईराम पिक्चस् …