Friday , August 18 2017

क्यानाडाको रेजिनामा नेपाली चलचित्र ‘बिजुली मेसिन’

क्यानाडाको सास्क्याचेवन प्रोभिन्सको रेजिना सहरमा हुने ‘रेजिना अन्तरास्ट्रिय चलचित्र महोत्सब’मा नेपाली चलचित्र ‘बिजुली मेसिन’ पनि प्रदर्शन हुने भएको छ ।अगस्ट १६ देखि १९ तारिकमा हुने महोत्सबमा संसारभरका सहभागी सयौ चलचित्र मध्य १५ फिल्म छानिएका छन् । त्यसमध्ये जर्मनी बाट ३, ब्राजिल बाट ३, स्पेनबाट २ , अमेरिका बाट २ र नेदरल्याण्ड, नेपाल, युके, इजरायल र भारतबाट एक एक फिल्म छानिएका हुन् । छानिएका मध्यबाट एक चलचित्रलाई महोत्सबको उत्कृस्ट अन्तरास्ट्रिय चलचित्र घोषणा गरिने छ ।


बिजुली मेसिन नविन अवालको लेखन तथा निर्देशन राजेश हमाल, बुद्धि तामांग, लक्ष्मी भुसाल, अविशेक सुबेदी, रेलिजा श्रेष्ठ आदि अभिनित चलचित्र हो ।
बिजुली मेसिन निर्माण टिममा रिशव आचार्य, बिन्दु तिमिल्सिना, संजिव न्यौपाने र दिपेन बस्नेत रहेका छन् । नेपालको पहिलो बिज्ञान सम्बन्धि कथा भएको चलचित्र मानिएको बिजुली मेसिनमा दुइ जिम्मेवार नागरिकको सामाजिक कथा प्रस्तुत गरिएको छ ।

Check Also

पलेँटीमा संगीतकार आभास र मीना

नेपालयको आर शालामा अंग्रेजी महिनाको अन्तिम शुक्रवार आयोजना हुने गरेको साङ्गीतिक कार्यक्रम पलेंटी श्रृंखलामा यसपटक …