Thursday , January 18 2018

खुसी केकी

धेरै पछि अभिनेत्री केकी अधिकारीको मुहारमा खुसी देखिएको छ । गत वर्षको अन्तिमतिर आएको ‘लभ सासा’ मा उनले निर्वाह गरेको भूमिका र अभिनयलाई युवापुस्ताले रुचाएपछि चर्चामा आउन थालेकी केकीलाई यो वर्षको सुरुवातमै खुसी हात लागेको छ । विगत तीन वर्षयता एकपछि अर्को चलचित्र असफल भएको पीडा लुकाउँदै हिँडेकी केकी मीठो बोली–व्यवहार, कुशल अभिनय एवं नृत्य क्षमताका कारण निर्माता–निर्देशकहरूको रोजाइमा पर्दै आएकी थिइन् । उनलाई मात्र एउटा हिट चलचित्र चाहिएको थियो, जुन वर्षको सुरुमा रिलिज भएको ‘घामपानी’ले पूरा गरिदिएको छ ।

Check Also

अभिनेत्री रेखा थापाकाे आइटम डान्स

धेरै वर्षको अन्तरालमा अभिनेत्री रेखा थापाले आइटम डान्स गरेकी छिन् । उनले आइटम डान्स गरेको …