Tuesday , November 21 2017

गाउँपालिकामा अभिनेत्री केकी

स्थानिय निकाय गाँउपालीकाको बिषयमा पनि चलचित्र निर्माण हुने भएको छ ।राज्य पुर्न संरचना भए सँगै छाएको अन्यौल अवस्थामा जनतालाई नयाँ स्थानीय तहहरुबाट हुने बिभिन्न कामको जानकारी दिने उद्धेश्यले यो चलचित्र निर्माण हुन लागेको हो ।

रिर्पोटस कल्ब दाङमा मंगलबार अयोजना गरिएको एक कार्यक्रममा कलाकार तथा निर्माता निर्देशक सरोज ओलीले चलचित्रको बिषयमा बिभिन्न जानकारी गराए ।७० मिनेट अवधिको रहने चलचित्र २५ लाखको लागतमा निर्माण हुनेछ । चलचित्रमा रवि गिरी, नायिका केकी अधिकारी, गौरब पहाडी लगायत कलाकारको अभिनय रहने कार्यक्रममा जानकारी दिइयो ।आज बिहान घोराही चलचित्रको मर्हत समेत गरिएको छ ।

 

Check Also

मिसेस नेपाल टुरिजम २०१७ हुने

स्टार वन इन्टरटेनमेन्ट प्रालिले विवाहित महिलाहरुलाई लक्षित गरेर मिसेस नेपाल टुरिजम २०१७ आयोजना गर्ने भएको …