Wednesday , November 22 2017

गायक यम बुद्धको सम्झनामा गीत

केही पहिले बेलायतमा ‘आत्महत्या गरेका’ चर्चित र्यापर अनिल अधिकारी ‘ यम बुद्ध’को सम्झनामा गीत बनाइएको छ ।विराज पुडासैनीले उनको सम्झनामा गीत बनाएका हुन् । जसमा शब्द, संगीत तथा स्वर पनि उनकै रहेको छ ।गीत अष्ट्रेलियावासी युवाहरुले युट्युब मार्फत म्युजिक भिडियोसहित सार्वजनिक गरेका छन् ।

जीवनका आरोह अवरोह, निराशा र संघर्षलाई सम्बोधन गरिएको गीतको भिडियो सन्तोष खनालले निर्देशन गरेका हुन् ।आरएस इन्टरटेन्मेन्टको रेकर्डिग तथा एम्स टीभीको पोस्ट प्रोडक्सन रहेको ‘यो दुनियाँ’ नामक म्युजिक भिडियोलाई कडेल कन्सल्टेन्सीले बजारमा ल्याएको हो ।

Check Also

लगातार फ्लप – छुल्ठिम गुरुङ

नोभेम्बर रेनमा सहायक भूमिकामा सीमित थिइन्, छुल्ठिम गुरुङ । तर, निकै प्रशंसा कमाइन् । फिल्म …