Sunday , August 20 2017

गुमनाम महिमा

अक्सर हिरोइन फिल्म नपाएर गुमनाम हुन्छन् । बल्लतल्ल एकाध फिल्म खेल्छन्, त्यही पनि हिट हुन्न अनि बाध्यताले गुमनाम हुनुपर्छ । महिमा सिलवाल भने यो कोटिमा पर्दिनन् । न उनलाई फ्लप हुँदा फिल्मको अभाव भयो, न एक दर्जन फिल्म खेलिसक्दा पनि ‘लाइमलाइट’मा आउन सकिन् । बरु फिल्मले दिन नसकेको चर्चा हट फोटोसुटले दियो । महिमा त्यसमै दंग परिन् ।

विडम्बना के भइदियो भने उनी अभिनीत आधा दर्जन फिल्म कहिले प्रदर्शन हुन्छन्, टुंगो छैन । कमिना, ब्याइफ्रेन्डलगायतका फिल्म प्रोडक्सनमै अल्झिएका छन् । यही बेला क्षमतावान् नवहिरोइनको लर्को लागेको छ । अनि, महिमालाई किनारा नलागेर भो त ? सोही कारण अहिले फिल्म र फिल्मवृत्तमा उनको निधिखोजी शून्यसमान छ ।

Check Also

पलेँटीमा संगीतकार आभास र मीना

नेपालयको आर शालामा अंग्रेजी महिनाको अन्तिम शुक्रवार आयोजना हुने गरेको साङ्गीतिक कार्यक्रम पलेंटी श्रृंखलामा यसपटक …