Wednesday , November 22 2017

चलचित्र ‘कृ’को फस्टलुक,अनमोलको एक्शन अवतार बाहिरीयो

यस बर्षकै बहुप्रतिक्षित चलचित्र ‘कृ’को फस्टलुक सार्वजनिक भएको छ । फिल्मको फस्टलुक बुधवार सार्वजनिक गएिको हो फस्टलुक पोष्टरमा नायक अनमोल केसीलाई मात्र समावेश गरिएको छ ।चलचित्र कात्तिक ३ गतेबाट देशभरका हलमा रिलिज हुने भएको छ । फस्टलुकमा नायक अनमोल केसीलाई एक्शन अवतारको रुपा प्रस्तुत गरिएको छ । अहिले सम्म ८० प्रतिशत छायांकन सकाईएको फिल्म कृ को यस अघि कुनै पनि लुक्स तथा फुटेज लिक गरिएको छैन । यस कारण यो फस्ट लुकले कृ नायक अनमोलको क्रेजलाई अझै बढाउने निशिचत देखिन्छ । यूवा पुस्तामा भिजेका नायक अनमोल पुन एक पटक कृ को फस्टलुकले चर्चामा रहने बताईएको छ ।

यता अनमोललाई कुरेर बसीरहेका दर्शकहरुको लागि यो गतिलो उपहार भने निश्चित पनि छ ।अनमोलको यस्तो अवतार यस अगाडिको चलचित्रमा देखिएको थिएन । नेपाली चलचित्रमा लभर ब्वाइको रुपमा परिचित अनमोल यो चलचित्रबाट भने एक्सन हिरोको रुपमा उदाउने देखिएको छ । चलचित्रमा उनले हट नायिका अदिती बुढाथोकीसँग पनि रोमान्स गरिएको बुझिएको छ ।सुवास इन्टरटेन्मेन्टको निर्माणमा द सुपर काजोल फिल्मस्को प्रस्तुतीमा यो चलचित्र तयार भएको हो । चलचित्रमा अनमोल केसी, अदिती वुढाथोकी, अनुपविक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, रुपा राना, लक्ष्मी गिरी, अमित गिरी, सुदाम लगायतका कलाकारको मुख्य भूमिका छ ।चलचित्रमा कथा, सम्पादन र निर्देशन सुरेन्द्र पौडेलको छ ।

चलचित्रमा चन्द्र पन्तको एक्सन, अल्मोडा राना उप्रेती र विशेष श्रेष्ठको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, प्रदिप भारद्धाज र आशिष रेग्मीको पटकथा तथा संवाद, रेनशा वान्तवा राइको कोरियोग्राफी छ । चलचित्रका प्रोडक्शन डिजाइनर शंकर पाण्डे हुन् ।सुवास गिरी र भूवन केसी निर्माता रहेको चलचित्रमा कमल गिरी कार्यकारी निर्माता छन् भने श्री पराजुली सह-निर्माताको रुपमा रहेका छन् । यो चलचित्रलाई ओभरसिजमा हाइलाइट्स नेपालले वितरण गर्नेछ भने काठमाण्डौ बाहिर मनोज राठीको बैंक्कतेस्ट इन्टरटेन्मेन्टले वितरण गर्नेछ । काठमाण्डौमा भने सुवास इन्टरटेन्मेन्टले नै चलचित्रको वितरण गर्नेछ । फिल्ममा साढे २ करोड लगानी रहेको निर्माण पक्षले बताईएको छ ।

Check Also

लगातार फ्लप – छुल्ठिम गुरुङ

नोभेम्बर रेनमा सहायक भूमिकामा सीमित थिइन्, छुल्ठिम गुरुङ । तर, निकै प्रशंसा कमाइन् । फिल्म …