Sunday , January 21 2018

चलचित्र ‘तीन घुम्ती’ युटुबमा सार्वजनिक

नेपालमा कृतिमा आधारित चलचित्र तीन घुम्ती युटुब मार्फत सार्बजनिक भएको छ । बि पी कोइरालाद्वारा लिखित कृति ‘तीन घुम्ती’ मा हाल नेपालबाट गुमनाम र कुनै समय फिल्म क्षेत्रमा रोजाईमा रहेकी नायिका गरिमा पन्त गरिमा पन्त, ध्रुव दत्त, सुशान्त कार्की लगायतको अभिनय देख्न सकिन्छ । बाबुराम ढकाल द्वारा निर्देशित फिल्ममा राकेश अदुकियाको लगानी रहेको छ भने उनलाई पंकज जलन र बाबुराम ढकालले सघाएका छन् ।

a

यो चलचित्रमा एउटी नारीले बाबु–आमाको इच्छाविपरीत प्रेम, पतिको अनुपस्थितिमा परपुरुषसँग यौनतृप्ति लिने र ऊबाट सन्तान प्राप्त गर्ने तथा पतिबाट अस्वीकृत भएपछि सन्तान लिएर अलग बस्ने निर्णय गरिएको विषय समेटिएको छ ।वि.सं. २००७ मा राणाशाशकहरूका विरुद्ध भएको आन्दोलनको पेरिफेरीमा लेखिएको बीपीको उपन्यास ‘तीन घुम्ती’ कै परिवेश चलचित्र ‘तीन घुम्ती’मा पनि देखाउने प्रयास गरिएको छ । राकेश अकुडियाले निर्माण गरेको चलचित्र ‘तीन घुम्ती’का पटकथाकार सामिप्य तिमिल्सिना हुन् ।

Check Also

अभिनेत्री रेखा थापाकाे आइटम डान्स

धेरै वर्षको अन्तरालमा अभिनेत्री रेखा थापाले आइटम डान्स गरेकी छिन् । उनले आइटम डान्स गरेको …