Thursday , August 17 2017

चलचित्र ‘प्रेम गीत-२’ देशभर हाउसफुल, बलिउड स्तरको फिल्म बनेको दावी

लभस्टोरी फिल्म ‘प्रेमगीत’को सफलतापछि निर्माण भएको ‘प्रेम गीत-२’ले देशभरका हलहरुमा आक्रामक व्यापार गरिरहेको छ ।शुक्रबार रिलिज भएको फिल्मले दुईदिनमै डेढ करोड कलेक्सन गरिसकेको निर्माता सन्तोस सेनले दावी गरेका छन् । राजधानीका कतिपय हलहरुमा विहानदेखि बेलुकी नौं बजेसम्म हाउसफुल भए ।चलचित्र ‘छक्का पन्जा’ र ‘लुट-२’ भन्दा प्रेमगीत-२ ले ब्यापार राम्रो गरिरहेको हल संचालकहरुले बताएका छन् ।शुक्रबारको सोमै फिल्मले १ करोड १२ लाख ग्रस कलेक्सन गरेको दाबी हल संचालकहरुको छ । फिल्मले दोस्रो दिन एक करोड कलेन्सन गरेको छ ।निर्माता सन्तोस सेनले हामीसँगको कुराकानीमा ‘प्रेम गीत’ हिट थिएन तर दर्शकले माया गरेका थिए तर ‘प्रेम गीत-२’ चाहिं हिट नै भयो, कथाबस्तु दर्शकले धेरै रुचाइदिनुभयो ।’

‘दर्शकहरुले बलिउड स्तरको फिल्म बनाएको भनेर स्बासी दिइरहनुभएको छ, हामी उत्साहित छौं,’ उनले भने ।विदेशी फिल्मजस्तो करोडौं लगानी गरेर स्तरीय फिल्म बनाउन नसकेपनि अथक मेहेनत गरेर स्तरीय फिल्म बनाएको उनको दावी छ ।रामशरण पाठकको लेखन तथा निर्देशन रहेको फिल्ममा प्रदिप खड्का र अश्लेषा ठकुरीको प्रमुख भूमिका छ । बर्मेली युवती र नेपाली युवक बीचको रोचक कथा फिल्ममा देख्न पाइन्छ ।राजधानीका कतिपय हलहरुमा दर्शकले टिकट नपाएको भन्दै आन्दोलन समेत गर्नु परेको थियो । फिल्म हेरेर निस्किएका ९९ प्रतिशत दर्शकले कथाबस्तु र कलाकारको भूमिकाको खुलेर प्रशंसा गरेका छन् ।निर्मात स्वयम अभिनित चलचित्र ‘प्रेम गीत–२’ मा नयाँ कलाकार भनेर दर्शकले नरुचाउने भन्दा पनि मन र मुटुमा छुने कथाबस्तुका कारण हलमा भीड बढेको निर्माण टिमको दावी छ ।फिल्मले ५१ दिन यही रफ्तारमा मनाउने पनि टिमले दावी गरेको छ ।

Check Also

बन्ने भो ‘पन्चेबाजा’

न्यु भेनस फिल्मको प्रस्तुतिमा बन्न लागेको चलचित्र ‘पन्चेबाजा’ को बिहिवार कमलादी स्थित गणेश मन्दिरमा नरिवल …