Thursday , August 17 2017

‘चलचित्र बीचैमा छाडौँकी जस्तो भयो’-अश्लेषा

चलचित्र ‘प्रेमगीत २’ प्रदर्शनका लागि तयार भएको छ । सोमबार अभिनेत्री अश्लेषा ठकुरी र कलाकार समेत रहेका सन्तोष सेनको डबिङसँगै चलचित्रको सम्पूर्ण काम सकिएको हो ।

‘डबिङ गर्दै जाँदा चलचित्र बीचैमा छाडौँकी जस्तो भएको थियो’ डबिङमा भेटिएकी अभिनेत्री अश्लेषा भनिन् ‘जोडले चिच्याउनु पर्ने, जोडले हाँस्नु पर्ने धेरै सिन थियो । यो डबिङ गर्न निकै कठिन हुन्थ्यो ।’ काम गर्दै जाँदा बिस्तारै सजिलो भएको उनले सुनाइन् । निर्माता एवं अभिनेता सन्तोष सेन चलचित्र भित्र क्रुद्ध पात्रको भूमिकामा छन् । उनले पनि क्रुर पात्रको डबिङ कठिन रहेको बताए ।

अभिनेता प्रदीप खड्का लगायत कलाकारले भने यसअघि नै डबिङ गरिसकेका छन् ।साउन १३ गते रिलिज हुने चलचित्रलाई रामशरण पाठकले निर्देशन गरेका हुन् । ओम गुरुङ सहनिर्माता रहेको चलचित्र आशुसेन फिल्मसको ब्यानरमा निर्माण भएको हो ।

Check Also

बन्ने भो ‘पन्चेबाजा’

न्यु भेनस फिल्मको प्रस्तुतिमा बन्न लागेको चलचित्र ‘पन्चेबाजा’ को बिहिवार कमलादी स्थित गणेश मन्दिरमा नरिवल …