Tuesday , November 21 2017

चलचित्र ”सकस” कार्तिक २४ मा आउँदै

धेरै चलचित्रमा सकारात्मक भूमिकामा देखिए पनि यो चलचित्रमा आफु खलचरित्रमा आउने अभिनेता सुन्दर श्रेष्ठले बताए । सकस सबैखाले तह र तप्काका दर्शकको भावानाअनुरूप समाज सुहाउँदो चलचित्र रहेको पनि उनले जानकारी गराए ।यस चलचित्रलाई एनबी महर्जनले निर्देशन गरेका हुन् ।

जसमा मौनता श्रेष्ठको लेखन, कृष्ण श्रेष्ठको छायांकन, हिमाल केसीको द्वन्द्व निर्देशन, चेतन सापकोटाको संगीत, कमल राई र समीर मियाँको कोरियोग्राफी रहेको छ ।‘सस्पेन, थ्रिलर र एक्सन’ सकसमा सुन्दर श्रेष्ठसँगै विल्सन विक्रम राई, शुष्मा कार्की, महिमा सिलवाल, रवीन्द्र खडका, श्याम राईलगायतको अभिनय रहनेछ । चलचित्रका अरू निर्मातामा अक्कल सिंह खड्का, सुवासचन्द्र भट्टराई र खगेन्द्र डाँगी छन् ।

Check Also

मिसेस नेपाल टुरिजम २०१७ हुने

स्टार वन इन्टरटेनमेन्ट प्रालिले विवाहित महिलाहरुलाई लक्षित गरेर मिसेस नेपाल टुरिजम २०१७ आयोजना गर्ने भएको …