Tuesday , August 22 2017

चलचित्र “२ रुपैयाँ” को फस्टलुक सार्वजनिक

असिम शाहको निर्देशनमा ए जि टु वान प्रोडक्सन प्रा. लि. र ब्ल्याक हर्स प्रा. लि. ले निर्माण गरेको चलचित्र “२ रुपैयाँ”को फस्ट लुक सार्वजनिक भएको छ । चलचित्रका प्रमुख दुई पात्र “दाह्री” र “जुरेली”को पोस्टर सार्वजनिक गरे लगत्तै चलचित्रमा कलाकार आशिफ शाह र निश्चरल बस्नेयतको प्रमुख भूमिका रहेको कुरा निर्माताहरूले जानकारी दिनुभएको छ । चलचित्र निर्माण टोलीले हाल कलाकारद्वयको पोस्टर सार्वजनिक गरी पात्रहरूको नाम पनि खोलेको छ।

चलचित्रको पोस्टरका अनुसार “२ रुपैयाँ” आगामी भाद्र २३ गते चलचित्र घरहरूमा प्रदर्शन हुने जानकारी पनि दिइएको छ । चलचित्रमा आशिफ शाह र निश्चेल बस्ने तका साथै बुद्धि तामाङ, रवीन्द्र झा, मेनुका प्रधान, राजन ईशान, टीका पहारी, प्रतीकराज न्यौपाने, आदिको प्रमुख भूमिका रहनेछ । चलचित्रका निर्देशक असिम शाहले हाल “२ रुपैयाँ” सम्पादनमा रहेको जानकारी पनि दिनुभयो ।

 

Check Also

हसनको यादमा निशाको रुवाबासी

नायिका निशा अधिकारी र नायक हसनराजा खानको मुख्य भुमिका रहेको चलचित्र ‘रोमियो’को लिरिकल गीत सार्वजनिक …