Thursday , August 17 2017

चितवनमा चलचित्र‘संरक्षण’को रेड कार्पेट प्रिमियर शो हुने

राजनीतिक कथावस्तुलाई आधार मानेर बनाइएको चलचित्र “संरक्षण“ को रेड कार्पेट प्रिमियर शो चितवनमा हुने भएको छ । लक्की मिडिया हाउस चितवनको आयोजनामा साउन २५ गते ,बुधबार साँझ चलचित्र संरक्षणको भव्य रेड कार्पेट प्रिमियर शो हुने भएको हो । नायकद्धय सौगात मल्ल र निखिल उप्रेतीले अभिनय गरेको चलचित्र साउन २७ मा प्रर्दशनमा आउदैछ ।नेपाली सिनेमा क्षेत्रका हरेक गतिबिधिलाई प्राथमिकतामा राख्दै नयाँ तथा पुराना चलचित्रहरुको प्रचार–प्रसार र सिनेमा क्षेत्रको प्रवद्र्धनको लागि निरन्तर लागिरहेको मिडिया हाउसले आम दर्शकहरुको रोजाईमा नयाँ नेपाली चलचित्र संरक्षणको भब्य रुपमा रेड कार्पेट प्रिमियर शो गर्ने जानकारी दिएको छ ।

राजनीतिक कथावस्तुलाई आधार बनाएर निर्माण गरिएको चलचित्र “संरक्षण“ नेपालको राजनीतिक परिवेशसँग मेल खाने हुनाले पनि दर्शकको रोजाइमा पर्ने निर्माण निर्माण पक्षले वताउदै आएको छ ।
भारतको दार्ज्लिङमा चलिरहेको गोरखाल्याण्ड आन्दोलन र नेपालको मधेश आन्दोलन, अनि यी दुबै आन्दोलनप्रति आम नेपाली जनताको फरक फरक दृष्टिकोणसँगको यथार्थ कथालाई चलचित्रमा देखाउन खोजिएको छ ।

Check Also

बन्ने भो ‘पन्चेबाजा’

न्यु भेनस फिल्मको प्रस्तुतिमा बन्न लागेको चलचित्र ‘पन्चेबाजा’ को बिहिवार कमलादी स्थित गणेश मन्दिरमा नरिवल …