Tuesday , October 17 2017

चितवनमा ‘बाबु कान्छा’

यतिबेला निर्देशक शोभित बस्नेत फिल्म ‘बाबु कान्छा’ को निर्देशनमा व्यस्त छन् । फिल्म छायांकनका क्रममा यहाँ आएका उनलाई गर्मीले भने अत्याइरहेको छ । शनिबार बिहान भरतपुरस्थित मिलनचोकमा फिल्म छायांकनको क्रममा भेटदा पसिना पुछ्दै कलाकारलाई अभिनय निर्देशन दिँदै थिए । फिल्मको लेखक, निर्मातासमेत रहेका बस्नेतले भने गर्मीले सुटिङमा कुनै असर नगरेको दाबी गरे । बिहीबार कलाकारसहित सुटिङका लागि आएका उनी केही दिन यतै सुटिङमा व्यस्त रहनेछन् ।


‘फिल्मका लागि लोकेसन राम्रो भएकाले सुटिङका लागि यहाँ आएका हौं,’ शोभितका अनुसार फिल्मको ४० प्रतिशत छायांकन चितवनमा गरिनेछ । उनले निर्देशन गरेको यो २९ औं फिल्म हो । सलोन फिल्मसको ब्यानरमा बनिरहेको फिल्ममा एकसाथ दुई नायिका एस्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेब्यु गर्दै छन् । फिल्मको मुख्य भूमिकामा भने सलोन बस्नेत र करिश्मा श्रेष्ठ रहेका छन् । ‘गर्मीले गर्दा समस्या भएको छ,’ सलोनले भने, ‘पसिनाले मेकअप पुछिने भएकाले मेकअप गरीरहनुपर्ने बाध्यता छ ।’

रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्ममा तीन गीत हुनेछन् । कविराज गहतराज र दीपेन्द्र तिमल्सिनाको नृत्य निर्देशन तथा अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको फिल्मलाई बाबु श्रेष्ठले खिचिरहेका छन् । फिल्ममा टंक बुढाथोकी, अल्मोडा राना उप्रेती र ओम सुनुवारले संगीत दिएका छन् ।

Check Also

‘यता पनि छैन उता पनि छैन’मा निखिलले सारासँग मर्काए कम्मर

अभिनेता निखिल उप्रेतीले पहिलो पटक गीतमा कम्मर मर्काएका छन् । ‘पिंजडा व्याक अगेन’ चलचित्रको ‘यता …