Monday , August 21 2017

‘छक्का पन्जा २’को यस्तो ट्रिजरले तान्ला त दर्शक ?

दीपाश्री निरौला निर्देशित चलचित्र ‘छक्का पन्जा २’को ट्रिजर सार्वजनिक भएको छ । युट्युवमा नआउने भनेर बताइएको चलचित्रको ट्रिजर भने यूटुयुब मार्फत नै बाहिर ल्याइएको छ । एक मिनेट १३ सेकेन्डको ट्रिजरमा दर्शक लोभ्याउन सक्ने क्षमता छैन ।  अभिनेता दीपकराज गिरी र बुद्धि तामाङ देखिएको ट्रिजरमा कलाकार छक्कापन्जाकै शैलीमा मोटर साइकलमा देखिएका छन् । ट्रिजरमा पछिल्लो समय चलेको गीत साइली र छक्का पन्जाको गीतसमेत प्रयोग गरिएको छ।


चलचित्रमा दिपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, शिव हरि पौडेल, किरण केसी र वर्षा राउत लगायतको अभिनय रहेको छ । स्वस्तिमा खड्का, स्वोरुप पुरुष ढकाल र निश्चल बस्नेत समेतको अभिनय रहेको चलचित्र ११ असोजमा सार्वजनिक हँुदैछ ।

Check Also

हसनको यादमा निशाको रुवाबासी

नायिका निशा अधिकारी र नायक हसनराजा खानको मुख्य भुमिका रहेको चलचित्र ‘रोमियो’को लिरिकल गीत सार्वजनिक …