Tuesday , August 22 2017

छुल्ठिम रिप्लेस पूर्णिमा

चलचित्र ‘नेप्टे’ निर्माण हुने समाचार सार्वजनिक भएको झन्डै एक वर्ष भयो । उक्त चलचित्रमा मोडल पूर्णिमा लामाले अभिनय गर्ने समाचार पनि पुरानो भैसकेको थियो । चर्चा चलेको लामो समयपछि अघिल्लो सातामात्र यो चलचित्र निर्माण हुने औपचारिक घोषणा गरियो । यद्यपि यसपटक दयाहाङ राईको जोडीका रूपमा अभिनेत्री छुल्ठिम गुरुङको नाम घोषणा भयो । पूर्णिमाको स्थानमा छुल्ठिमको नाम घोषणा हुँदा धेरैले अचम्म माने । पूर्णिमाले यसअघि चलचित्र ‘रेलिमाई’ मा अभिनय गरेकी थिइन् । अभिनेत्री छुल्ठिम भने यो चलचित्रमा सहभागी हुन पाउँदा दंग छिन् । छुल्ठिम भन्छिन् ‘दयाहाङ राईसँग काम गर्ने धेरै पहिलेदेखिको रहर पूरा भयो ।’

Check Also

हसनको यादमा निशाको रुवाबासी

नायिका निशा अधिकारी र नायक हसनराजा खानको मुख्य भुमिका रहेको चलचित्र ‘रोमियो’को लिरिकल गीत सार्वजनिक …