Tuesday , August 22 2017

जसको हातमा फिल्मै छैन-सुरविना कार्की

झेलीमा भद्दा संवाद बोलेर फिल्मी दुनियाँमा देखापरेकी हिरोइन हुन्, सुरविना कार्की । यो फिल्मले उनलाई केही दियो भने त्यो आलोचना मात्र हो । नाइके, लुकामारी, सुश्रीलगायतका फिल्मले पनि सुरविनालाई सफलता दिलाउन सकेनन् । बरु, पहिले खेलेका फिल्मप्रति पश्चात्ताप व्यक्त गर्न थालिन् । काम नपाएपछि डेढ वर्षअगाडि मुम्बई पुगेर हट फोटोसुट गराइन् । माखो मरेन ।

अनुपम खेर स्टुडियोमा छोटो अभिनय प्रशिक्षण लिएर फर्किएपछि पनि उनको ‘ चार्म’ बढेको छैन । तर, फूर्तिचाहिँ खपिनसक्नु छ । जस्तो : अचेल ‘छानेर मात्र फिल्म खेल्छु’ भनेर गफ दिन थालेकी छन् । जबकि, उनी कहिल्यै चलेका ब्यानर र फिल्ममेकरको नजरमा पर्न सकेकी छैनन् । सायद यसैलाई भन्छन्, ‘नमच्चिने पिङको सय झट्का ।’

Check Also

हसनको यादमा निशाको रुवाबासी

नायिका निशा अधिकारी र नायक हसनराजा खानको मुख्य भुमिका रहेको चलचित्र ‘रोमियो’को लिरिकल गीत सार्वजनिक …