Sunday , August 20 2017

जापानमा रेड कार्पेट गर्ने नेपालि फिल्ममा “सायद-२” पहिलो बन्यो

असार ३० गते बाट देशभर एक साथ् प्रदर्शन हुन लागेको फिल्म सायद २ को गत आईतबार जापानमा एक बिसेष कार्यक्रमका बीच नायक सुशिल, निर्माता सुनिल रावल र अन्य कलाकारहरु साथै नेपाली चलचित्र प्रेमी युवाहरुको बाक्लो उपस्थितिमा प्रिमियर गरिएको छ । जापानमै पहिलो पटक नेपाली चलचित्रको रेडकार्पेट प्रिमियर सो गरेको चलचित्र सायद २ लाई साँच्चै नै दर्शकहरुले भव्य साथ दिएका थिए ।

जापानको व्यस्थतामा पनि उल्लेख्य फिल्मप्रेमी दर्शकहरुको सहभागिता देखिन्थ्यो । टोकियोमा प्रदर्शित अन्य चलचित्र भन्दा नयाँ शैली अप्नाएको सायद २ लाई दर्शकले रुचाएको देखियो । निर्माता तथा नायक संगै पत्रकार श्याम अर्याल र सचित खड्का पनि प्रिमिएरका लागि नेपालबाट जापान पुगेका थिए भने जापानमा रहेका निर्माताद्धय ईश्वर श्रेष्ठ र सुवास लामिछानेले कार्यक्रमकाे स्थानिय संयाेजन गरेका थिए ।

Check Also

पलेँटीमा संगीतकार आभास र मीना

नेपालयको आर शालामा अंग्रेजी महिनाको अन्तिम शुक्रवार आयोजना हुने गरेको साङ्गीतिक कार्यक्रम पलेंटी श्रृंखलामा यसपटक …