Tuesday , October 24 2017

जोयाले जितिन् मिस दमकको उपाधि

एड लिङ एडभरटाईजिङ्ग दमकले आयोजना गरेको मिस दमकको उपाधि जोयना लिम्‍बूले जितेकी छन्। सोमबार राति सम्पन्न ग्राण्ड फिनालीमा २० प्रतिपस्‍पर्धीलाई पछि पार्दै लिम्बूले मिस दमक-२०१७ दोस्रो संस्करणको उपाधि हात पारेकी हुन्। उनले नगद ५० हजार, ताज र ट्रफी पाएकी छन्।

त्यसैगरी फस्ट रनरपको उपाधि एजिना सिटौला हात पारिन्। उनले नगद ३० हजार, ताज र ट्रफी हात पारिन्।  त्यस्‍तै दोस्रो उपाधि दीपा कट्वालले जितिन्। उनले नगद २० हजार, ताज र ट्रफी प्राप्त गरिन्।  प्रतिस्‍पर्धीबाट टप १२ छानिएको थियो भने १२ जनाबाट टप ६ छानिएको थियो। टप ६ मा परेका ६ जनाले नै विभिन्न उपाधिसमेत जितेका थिए।मिस ट्यालेन्टमा बिना श्रेष्ठ, पब्लिक च्वाइसमा सोफिया गुरुङ र मिस चार्मिङमा रचना बोहोरा भइन्। तिनै जनाले नगदसहित ट्रफी हात पारेका छन्।

Check Also

जय किशनको ‘धुम–२’ युट्युवमा (फिल्मसहित)

ट्रन्डी फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्र ‘धुम–२’ युट्युवमा सार्वजनिक गरिएको छ । चलचित्रलाई साईराम पिक्चस् …