Wednesday , November 22 2017

झरनाको भिषा नलागेपछि जापानमा ‘ए मेरो हजुर–२’ को प्रिमियर शो रोकियो, आयोजक भन्छन्–हामीलाई फसाईयो

नायिका एवं चलचित्रकी नव निर्देशक झरना थापाको भिषा नलागेपछि जापानमा प्रिमियर शो हुने भनिएको चलचित्र ‘ए मेरो हजुर–२’ प्रदर्शन रोकिएको छ ।अगस्ट ६ तारिखका दिन ‘ए मेरो हजुर-२’ को प्रिमियरका लागि आयोजकले भब्य तयारी गरेको थियो । तर, चलचित्रका निर्देशक सहित कलाकारहरुको भिषा नलागेपछि जापानमा प्रदर्शनको अन्तिम तयारीमा पुगेर रोकिएको हो ।झरनासँगै उनका पति एवं निर्माता सुनिल कुमार थापा, नायक शलिनमान बानियाँ र सलोन बस्नेतको पनि भिषा अस्विकृत भएको छ । कलाकारहरुको भिषा नलागेपछि चलचित्र प्रर्दशनको सम्पूर्ण तयारी पुरा गरेको आयोजक डेष्टिनी क्रियशन तनाबमा परेको छ ।कलाकार एवं निर्देशक थापाले आफूहरुको भिषा नलागेपछि जापानमा प्रिमियर शो हुन नसक्ने बताइन् । उनले आफुहरुले दुई करोड बढी लगानी गरेर बनाएको चलचित्र जापान पठाउन नसक्ने प्रतिक्रिया दिएकी छिन् ।

उनले आफुहरुले रिक्स लिएर काम नगर्ने बताइन् । नेपालमा प्रदर्शन भएपछि मात्र पठाउन सकिने उनको भनाई छ । तर आयोजक भने प्रर्दशनको सम्पूर्ण तयारी पूरा भएको भन्दै कार्यक्रम रद्द नगरिदिन निर्देशक थापासँग बारबार आग्रह गरेका थिए।आफु आउन पाए चलचित्र जापान ल्याउने नत्र नल्याउने कुतर्क गरेको आयोजकले बताए ।निर्माता थापा कै आग्रहमा जुलाई २३ लाई प्रदर्शन तोकिएपनि सम्पादनको कारण देखाउदै सार्न आग्रह गरेको र सोहि अनुसार अगस्त ६ का लागि सारिएता पनि अन्तिम चरणमा आएर धोका दिएको प्रति आयोजकले आक्रोश व्यक्त गरेका छन् । यसरी चलचित्र कर्मीले झुटको खेती गर्न नहुने तर्क गरेका छन् ।

आयोजकले तयारीका क्रममा लाखौं रकम खर्च भैसकेको बताउँदै कलाकारको भिषा नलाग्दैमा प्रदर्शन रोकिन नहुने बताएको छ । चलचित्र निर्माण पक्षले भने अझै सम्पादनको काम बाँकी रहेको झुट्टा कारण देखाएर फसाउन खोजिएको आयोजकले बताए ।सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्र भदौ १६ गते नेपालभर रिलिज हुँदैछ । यो चलचित्रमा साम्राज्ञी र सलिनका अलावा सलोन बस्नेत, अम्बर सुवेदी, सुमन पौडेल, ओजश्र ढुंगाना, अनुभव रेग्मी, बुद्धि तामाङ, अनुराग कुँवर, विल्सनविक्रम राई, असिन क्रिस्टल राज्यलक्ष्मी रानाको अभिनय देख्न पाइन्छ ।सो डेष्टिनी क्रियशनले जापानवासी नेपाली समक्ष माफी माग्दै चलचित्रको विक्री भएको टिकट आफूले खरिद गरेको स्थानमा गई पैसा फिर्ता लिन समेत आग्रह गरेका छन् ।

Check Also

लगातार फ्लप – छुल्ठिम गुरुङ

नोभेम्बर रेनमा सहायक भूमिकामा सीमित थिइन्, छुल्ठिम गुरुङ । तर, निकै प्रशंसा कमाइन् । फिल्म …