Sunday , August 20 2017

झरना थापा बनिन् ग्रिनकार्ड होल्डर

नेपाली चलचित्रका कलाकारहरूको गन्तव्य यतिखेर अमेरिका नै हुन थालेको छ । अमेरिका सपना बोकेका प्रायः नेपाली कलाकार अमेरिकामा जस्तासुकै दुःख गरेर भए पनि नयाँ संघर्षको सुरुआत गर्ने गरेको पाइएको छ । यसैक्रममा नेपालमा अत्यन्त चर्चित नायिका झरना थापा पनि अमेरिका पुगेकी छन् ।अमेरिका नै बस्ने लक्ष्यसहित नेपालबाट केही हप्ताअघि मात्र त्यहाँ पुगेकी नायिका थापाले अमेरिकाको ग्रिनकार्डसमेत हात पारिसकेको बुझिएको छ ।

गतवर्ष छोरी सुवानीलाई स्टुडेन्ट भिसामा अमेरिका पढाउने क्रममा अमेरिका पुगेकी झरना यो वर्ष भने आफै बस्ने उद्देश्यले नै पुगेकी हुन् । हाल मेरिल्यान्डतिर बसेकी झरनाको पति सुनिलकुमार थापा पनि नेपालको बन्दोबस्त मिलाएर बिहीबार मात्र अमेरिका प्रस्थान गरेका छन् ।सुनिलकुमार थापा नेपाली चलचित्रका अग्रणी चलचित्र निर्माता पनि हुन् । झरनाकै लागि चलचित्र निर्माण व्यवसायमा हात हालेका निर्माता थापाका प्रायः सबै चलचित्रले सफलता प्राप्त गरेका छन् । नेपालबाटै अमेरिकाको ग्रिनकार्ड प्रोसेस गर्दै गरेका झरना थापाको परिवारले यो वर्ष ग्रिनकार्ड पाएपछि अमेरिकामा बस्ने सपना पूरा हुन पुगेको हो ।

Check Also

पलेँटीमा संगीतकार आभास र मीना

नेपालयको आर शालामा अंग्रेजी महिनाको अन्तिम शुक्रवार आयोजना हुने गरेको साङ्गीतिक कार्यक्रम पलेंटी श्रृंखलामा यसपटक …