Wednesday , November 22 2017

‘झ्यानाकुटी’ को फस्टलुक पोस्टर सार्वजनिक

अभिनेत्री निशा अधिकारी द्वारा निर्मित चलचित्र ‘झ्यानाकुटी’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ ।भदौ ८ गतेलाई रिलिज डेट तोक्दै चलचित्र ‘झ्यानाकुटी’को फस्टलुक्स पोस्टर सार्वजनिक गरेको हो ।सार्वजनिक पोस्टरमा सिनेमाकी मुख्य कलाकार बेनिशा हमालले सौगात मल्ललाई काँधमा बोकेकी छन् ।

सेतो पृष्ठभुमिमा तयार गरिएको पोस्टरभित्र अर्को पोस्टर समावेश गरिएको छ ।हाल सम्पादन कक्षमा रहेको चलचित्रलाई सिमोस सुनुवारले निर्देशन गरेका हुन् । कमेडी जनराको यो चलचित्रले भदौ ८ मा बहुप्रतिक्षित सिनेमा ‘कृ’संग बक्सअफिस सामना गर्नुपर्नेछ ।

Check Also

लगातार फ्लप – छुल्ठिम गुरुङ

नोभेम्बर रेनमा सहायक भूमिकामा सीमित थिइन्, छुल्ठिम गुरुङ । तर, निकै प्रशंसा कमाइन् । फिल्म …