Sunday , August 20 2017

टुडिखेलमा ‘वन डे ट्यालेन्ट हन्ट’ हुने

राजधानीको टुडिखेलमा ‘वन डे ट्यालेन्ट हन्ट’ हुने भएको छ । क्लासिक ईभेन्ट र सेलिब्रेटी म्यानेजमेन्टको सहकार्यमा ‘वन डे ट्यालेन्ट हन्ट’को पहिलो संस्करण हुने भएको हो। मंगलबार राजधानीमा पत्रकार सम्मेलन गराएर सो कार्यक्रमको घोषणा गरिएको छ । आगामी अगस्ट १९ तारिकका दिन टुडिखेलमा सम्पन्न गर्न लागिएको आयोजकले जनाएको छ ।

उक्त प्रतियोगितामा जो सुकै जसमा कुनै पनि प्रतिभा लुकेर रहेको छ उसले सहभागी हुन पाउने जानकारी ईभेन्टका आयोजकले दिएका छन् । काठमाडौँमा पहिलो पटक आयोजना हुन लागेको यो कार्यक्रममा आफूमा लुकेर रहेको जुन सुकै प्रतिभा चाहे त्यो अग्रेजी हिपहप होस् या हिन्दी क्लासिकल वा फेरी नेपाली झ्याउरे भाका नै किन नहोस कार्यक्रममा जुनै भाषाका प्रतिभाहरु पनि देखाउन सकिने जानकारी आयोजकले दिएका छन।

उक्त कार्यक्रमको लागि फारम आजैबाट लिन सकिनेछ फारम ttps://www.facebook.com/event/422063051512483/ बाट डाउनलोड गरि भर्ना सकिनेछ ‘वन डे ट्यालेन्ट हन्ट’का विजेताले नगद ५० हजार दोस्रो विजेताले ३० हजार र तेस्रोले २० हजार नगद पाउने बताइएको छ । प्रतियोगितामा सहभागी हुन कुनै उमेरहद नभएको र कुनै शुल्क पनि लाग्ने छैन् ।

Check Also

पलेँटीमा संगीतकार आभास र मीना

नेपालयको आर शालामा अंग्रेजी महिनाको अन्तिम शुक्रवार आयोजना हुने गरेको साङ्गीतिक कार्यक्रम पलेंटी श्रृंखलामा यसपटक …