Tuesday , October 24 2017

ठूलो क्यानभासमा नेपाल भाषा फिल्म “आ छु याय ?”

नेपालमा फिल्मको ईतिहास ५३ बर्ष भन्दा लामो र पुरानो छ । सँगसँगै ३० बर्ष पुरानो ईतिहास नेपाल भाषाका फिल्मीहरुले बाकेको छ । नेपाल भाषा अर्थात नेवारी फिल्म जुन नेपालमा बर्षको आधा दर्जनको हाराहारीमा अहिले निर्माण हुने गर्दछ । ३० बर्ष अगाडीका सिलु र राजमति लगायतका नेवारी फिल्महरुले नेपाली फिल्मले जस्तै बजार कायम गरेको थियो । तर हाल त्यो अवस्था छैन । अहिलेका नेवारी फिल्महरु ब्ढिमा ८ लाख सम्म निर्माण गरिसक्ने र विभिन्न क्लव तथा संघ संस्थाहरुको सहकार्यमा च्यारिटि शो गरेर पैसा उठाउनु पर्ने बाध्यता रहेको छ । फिल्मलाई बजार नभएको हो या बजार अनुसारको फिल्म नबनेको हो, त्यो नेवारी चलचित्रकर्मीलाई नै थाहा होला । तर अहिले जिमिगु सः फिल्म प्रोडक्शनले नयाँ प्रविधिको प्रयोग गर्दै ठूलो लगानीमा नेवारी फिल्म निर्माण गर्ने घोषणा गरिएको छ । फिल्मका निर्माता प्रकाश लाल जोशीका अनुसार पहिलो पटक ठूलो लगानी र क्यानभासमा नेपाल भाषा (नेवारी) फिल्म बनाउन लागेको बताए ।

उनले ३० बर्षको अगाडीको नेवारी फिल्म र अहिलेको नेवारी फिल्म जस्ताको तस्तै भएको र परिवर्तन नभएको कारण परिवर्तनको लागि ठूलो लगानीमा फिल्म “आ छु याय ?” निर्माण गर्न लागेको बताए । यो फिल्म ४० देखी पचास लाखको बिचमा निर्माण हुनेछ । फिल्मलाई निर्देशक समिर बलामी ले निर्देशन गर्ने छन् । निर्देशक बलामीले नेवारी चलचित्रको मार्केट खोज्न सोही अनुसारको फिल्म बनाउन लागि परेको निर्माण टिमलाई आफु पनि सहभागी भएर सहयोग गरेको बताए । निर्देशक बलामीले आफुले नेवारी भाषा सबै नबुझेपनि फिल्मलाई न्याय गर्ने बताए । उनले पहिलो पटक आफुले निर्माण टिमको पटक–पटक को आग्रहलाई स्विकार्दै नेवारी फिल्म निर्देशन गर्न लागिएको बताए । फिल्मको कलाकारहरुको लागि अधिशनको आह्वान गरिएको छ ।

निर्माण टिमसँग सम्पर्क वा समाजिक सञ्जाल फेसबुकमा जिमिगु सः एकाउण्टमा निशुल्क फारम भरि तत्काल ईच्छुक कलाकारहरुले अधिशन दिन सक्ने निर्माण टिमले बताईएको छ । दशै लगतै अधिशन हुने फिल्मको सबै कलाकार र प्राविधिक टोली अधिशनको बेलामा घोषणा गरिनेछ भने दशै लगतै फिल्म फ्लोरमा जानेछ । पोखरा, मनाङ, मुस्ताङ र काठमाडौं उपत्यकामा छायांकन हुने फिल्म नेवारी मा “आ छु याय ?” र नेपालीमा “मनलाई सोधी हेर” दुबै भाषामा छायाँकन गरिने पनि निर्माण टिमले बताईएको छ । वितरक तथा निर्माता गोपाल काजी कायस्थले नेवारी फिल्मको स्तरलाई सुधारेर राम्रो फिल्म निर्माण गर्ने हो भने प्रदर्शन गर्न सकिने बताएका छन् । फिल्ममा नेपाली चलचित्रका चलेका नेवारी समुदायका अनुहारहरु पनि रहनेछन् ।

Check Also

जय किशनको ‘धुम–२’ युट्युवमा (फिल्मसहित)

ट्रन्डी फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्र ‘धुम–२’ युट्युवमा सार्वजनिक गरिएको छ । चलचित्रलाई साईराम पिक्चस् …