Wednesday , November 22 2017

“डि सिने अवार्ड” अब हेटौडामा

विगत नौं बर्षयता नियमित रुपमा आयोजना हुँदै आएको डि सिने अवार्ड यसबर्ष पनि मोफसलमा आयोजना हुने भएको छ । सात बर्ष लगातार काठमाडौंमा आयोजना भएको अवार्ड यसपटक हेटौडामा गर्न लागिएको हो । डिजिटल फर्म्याटमा बनेका फिल्मलाई लक्षित गर्दै आयोजना हुँदै आएको अवार्ड गतबर्ष पोखरामा आयोजना भएको थियो ।

अवार्डमा सहभागी फिल्मको दर्ता प्रक्रिया र फिल्म हेर्ने कार्य भैरहेको आयोजक छायाँछबी क्रियसनको अध्यक्ष शान्ती प्रियले बताए ।स्थापनाकाल देखी नै जुरी बस्दै आएका कलाकार एवं लेखकर निर्देशक मोहन निरौलाको संयोजनमा पाँच सदस्य रहेको निर्णायक समुहमा विजयरत्न तुलाधर, पत्रकार डब्बु क्षत्री, संगीतकार सन्तोष श्रेष्ठ र छायाँकार सबनम मुखिया रहेका छन् ।०७३ बैशाख १ गतेदेखि चैत्र मसान्तसम्म प्रदर्शनमा आएका फिल्महरु जुरीले हेरिरहेका छन् ।

Check Also

लगातार फ्लप – छुल्ठिम गुरुङ

नोभेम्बर रेनमा सहायक भूमिकामा सीमित थिइन्, छुल्ठिम गुरुङ । तर, निकै प्रशंसा कमाइन् । फिल्म …